काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १ र ललितपुरमा २ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ७५ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ५० , भक्तपुर जिल्लामा ७ र ललितपुर जिल्लामा १८ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप १८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ५५८ पुगेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख १३ मंगलबार
Comments