काठमाडौं । काठमाडौं महानगरपालिकाकोे प्रमुख पदका लागि १ सय ६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवारी मनोनयनको क्रममा सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा काठमाडौं महानगरपालिकाको प्रमुख पदका लागि १ सय ६३ जनाको उम्मेदवारी परेको उल्लेख छ । यसैगरी उपप्रमुख पदमा ८० जनाको उम्मेदवारी परेको छ ।
ललितपुर महागरपालिकाको प्रमुख पदमा ४५ र उपप्रमुखमा २७ जनाको उम्मेदवारी परेको छ भने विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि ७३ र उपप्रमुख पदमा ५७ जना आकांक्षी देखिएका छन् ।
त्यस्तै, पोखरा महानगरपालिकाको प्रमुख पदमा २६, उपप्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ । वीरगञ्ज महागरपालिकाको प्रमुख पदमा ४०, उपप्रमुख पदमा १४ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै, भरतपुर महागरपालिकाको प्रमुख पदमा ७४, उपप्रमुख पदमा ४४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
प्रकाशित मितिः २०७९ बैशाख १३ मंगलबार
Comments