काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा मात्र ४ जना र ललितपुरमा १ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने आज शून्य छ ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या ६६ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४४ , भक्तपुर जिल्लामा ६ र ललितपुर जिल्लामा १६ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप २५ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.८ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ४८१ पुगेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख ०९ शुक्रबार
Comments