काठमाडौं । पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख १८ हजार ८२८ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ४ हजार ६९१ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा ९ र १ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ३५० जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ पुगेको छ । आज थप ३४ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ ।
प्रकाशित मितिः २०७९ बैशाख ०५ सोमबार
Comments