काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ११ लाख १७ हजार ९३७ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ५ हजार ४१८ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ४ हजार ८१९ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५० पुगेको छ । आज थप १ सय ४८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८।३ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६१ हजार २ सय १८ पुगेको छ ।
प्रकाशित मितिः २०७८ फागुन ३० सोमबार
Comments