काठमाडौं । हाल भारतमा ओमिक्रोनको भेरिएन्टको नयाँ सब-भेरिएन्ट ‘बिए २’ पनि फेला परेको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनको सब-भेरिएन्ट भारतमा विस्तारै फैलिरहेको जनाएको छ । ओमिक्रोन सब-भेरिएन्ट ‘बिए २’ को प्रचलन भारतमा विस्तारै बढ्दै गएको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका निर्देशक सुजितकुमार सिंहले बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा सिंहले अहिले भारतमा बिए २ भेरिएन्टको तुलनामा बिए २ धेरै प्रचलित रहेको बताए ।
यसअघि यात्रुहरूबाट सङ्कलन गरिएका नमूनाहरूमा बिए १ भेरिएन्ट देखिएको थियो । अब सामुदायमा समेत बिए २ सब-भेरिएन्ट विस्तारै बढ्दै गएको छ, उनले भने । भारतमा हालसम्म ओमिक्रोनको सब-भेरिएन्ट बिए ३ फेला नपरेको उनको भनाइ छ । बिए २ सब-भेरिएन्ट ओमिक्रोनकोभन्दा पनि निकै सङ्क्रामक रहेको बताइएको छ ।
यो सब भेरियन्ट सङ्क्रामक भएपनि यसले गम्भीर रोग निम्त्याउने प्रमाण नभेटिएको चिकित्सकहरूले बताएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ १५ शनिबार
Comments