काठमाडौं । नेपालमा कोभिड १९ बिरुद्ध खोप लगाउन सुरु गरेको एक वर्ष पुगेको अवसरमा सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत सर्वसाधारणले कोभिड १९ बिरुद्धको खोप पूर्णमात्रामा पाइसकेको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् ।
मन्त्रालयको जारी गरेको विज्ञप्तिअनुसार १२ वर्षदेखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६ सय ७० बालबालिकाले पहिलो मात्रा र ३ लाख ५८ हजार २९८ बालबालिकाले पूर्ण मात्रा खोप लगाइसकेका छन्। त्यस्तै, तीन लाखले बुस्टर डोज लगाइसकेको पनि उल्लेख गरेको छ ।
नेपालमा हालसम्म कोभिड १९ बिरुद्धको ४ करोड २० लाख ४९ हजार ६४० डोज खोप आइपुगेकामा ३ करोड ६ लाख ४ हजार १५२ डोज खोप लगाइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मितिः २०७८ माघ १५ शनिबार
Comments