भक्तपुर । भक्तपुर जिल्ला प्रशासन कार्यालयले १६ बुँदे आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विश्वमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ को जोखिम न्यूनीकरणका लागि १६ बुँदे आदेश जारी गरेको जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी शर्माले कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण तीब्र रुपमा बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन उक्त आदेश जारी गरेको बताइन्।
उनले आदेशमा सपिङ मल, डिपार्टमेन्टल स्टोर, सुपर मार्केट र सबै प्रकारका पसलमा एक पटकमा २० जना भन्दा बढी हुन नहुने, पार्टी प्यालेसमा एक पटकमा कूल क्षमताको एक चौथाइमा नबढ्ने गरी बढीमा पूर्ण खोप लगाएका २० जनामात्र उपस्थित हुन पाउनेलगायतका वुँदा समेटेर आदेश जारी गरेको बताइन् ।
प्रकाशित मितिः २०७८ माघ १४ शुक्रबार
Comments