काठमाडौं । काठमाडौं उपत्यकामा बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यो आदेश आज राति १२ बजेदेखि नै लागु हुनेछ । नयाँ आदेशअनुसार बस, माइक्रो र टेम्पोमा जोर बिजोर प्रणाली हटेको छ । तर, ट्याक्सी र निजी सवारी दुई पांग्रेसहितमा भने जोरबिजोर प्रणाली यथावत् रहने प्रशासनको आदेशमा उल्लेख छ ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ माघ १४ शुक्रबार
Comments