धनुषा । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ । जिल्लाको धनुषाधाम नगरपालिका- ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा प्रहरीले जनाएको छ।
बुधबार साँझ टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए।
युवतीको परिचय भने खुलेको छैन । प्रहरी नायव उपरीक्षक रायले मधेसी मुलकी युवतीको शव रहेको बताए । युवतीले रातो रंगको स्वेटर र नीलो रंगको कुर्ता सुरुवाल लगाएकी छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
युवतीको करणीपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ।
प्रकाशित मितिः २०७८ माघ ०६ बिहिबार
Comments