काठमाडौं । ललितपुरको बालकुमारीस्थित बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । बिहीबार बिहान बालकुमारीस्थित बागमती नदी किनारमा एक जना पुरुष मृत भेटिएका हुन् ।
शवको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । के कारणले मृत्यु भएको सम्बन्धमा पनि थप अनुसन्धान भइरहेको जनाएको छ । बागमती नदीमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मितिः २०७८ माघ ०६ बिहिबार
Comments