काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । विश्वकर्माको बिहीबार बिहान ३ बजे पाटन अस्पतालमा निधन भएको हो । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।
मृत्युको कारणबारेमा भने यकिन जानकारी आएको छैन । अछाममा जन्मिएका विश्वकर्मा पछिल्लो समय टिभी टुडे टेलिभिजनमा काम गर्दै आइरहेका थिए।
काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका विश्वकर्मा क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत हुन् । उनले जातीय विभेदिवरुद्ध कलम चलाउँदै आइरहेका थिए ।
प्रकाशित मितिः २०७८ माघ ०६ बिहिबार
Comments