काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ९ हजार ९२० जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय १३ र २ हजार ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ । आज थप २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८ लाख १ हजार १ सय २२ पुगेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०८ बुधबार
Comments