काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ४४ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १ सय ५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ९ र ललितपुरमा ३० संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ६०७ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ५ सय ९० , भक्तपुर जिल्लामा ४ सय ६७ र ललितपुर जिल्लामा ५ सय ५० सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ७३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७२९ पिसिआर र १ हजार ४४५ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३०० पुगेका छन् । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०७ मंगलबार
Comments