काठमाडौ । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ६४ जना कोरोना संक्रमित फेला परेका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १२ हजार ५१० जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।
त्यहाँ सकृय संक्रमितको संख्या १ लाख २३ हजार ५०७ मा झरेको छ । कुल संक्रमितको संख्या ३ करोड ४५ लाख २३ हजार ९६५ पुग्दा ३ करोड ३९ लाख ३४ हजार ५४७ जना निको भइसकेका छन् ।
कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ लाख ६५ हजार ९११ छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०७ मंगलबार
Comments