भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगमा करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले चोरीमा संलग्न र चोरीका सामान खरिद बिक्री गर्ने चार भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको हैदरावाद घर भई हाल काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने १८ वर्षीय राजु गिरी र १८ वर्षीय बैंकटेस गिरी, भारतको मोतिहारी घर भई हाल काठमाडौं महानगरपालिका–३२ बानेश्वर बस्ने ३० वर्षीय मुन्ना साह र ३५ वर्षीय नारद साह रहेका छन् ।
उद्योगबाट राजु र बैंकटेसले करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी गरेका थिए । उनीहरुले चोरीका सामान काठमाडौंको सिनामंगलस्थित मुन्ना साहले सञ्चालन गरेको कवाडी पसलमा बेचबिखन गरेको पाईएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सो घटनामा नारद साहले चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरेका थिए ।
प्रहरीले उनीहरुको साथबाट ढलौटको करुवाको बैठक २९ के।जी। ५०० ग्राम, करुवाको मुख ७४ केजी, पानसको डण्डी ४७ के।जी। र कच्चा पदार्थ ४८ के।जी। समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका चारै जना विरुद्ध भक्तपुर जिल्ला अदालतमा चोरी मुद्दामा पेश गरी ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेका प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०४ शनिबार
Comments