काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय २० जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ९१ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १० र ललितपुरमा १९ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ५९६ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ५ सय ५९ , भक्तपुर जिल्लामा ४ सय ७० र ललितपुर जिल्लामा ५ सय ६७ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ सय ६९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ७७७ पिसिआर र १ हजार १९५ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५३९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ पुगेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर ०३ शुक्रबार
Comments