काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ८७ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १ सय २६ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १८ र ललितपुरमा ४३ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ४९८ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ४ सय ८६ , भक्तपुर जिल्लामा ४ सय ७४ र ललितपुर जिल्लामा ५ सय ३८ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५५४ पिसिआर र ४ हजार ८४८ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३११ पुगेका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २९ सोमबार
Comments