काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४ सय १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख १२ हजार १७४ पुगेको छ ।
विभिन्न प्रयोगशालामा १२ हजार ४०२ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ हजार ५५४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६७ र ४ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ७ हजार ३११ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ । आज थप २ सय ७० जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २९ सोमबार
Comments