काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ ।
विभिन्न प्रयोगशालामा ११ हजार ६६ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५५ र १ हजार ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ७ हजार ४९८ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ । आज थप ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २६ शुक्रबार
Comments