काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ९ लाख ११ हजार ५५ पुगेको छ ।
विभिन्न प्रयोगशालामा १२ हजार ६५३ जनाको स्वाब परीक्षण गराउँदा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ हजार ६०९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १ र ३ हजार ४४ जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा हाल ७ हजार ५३५ जना सक्रिय संक्रमित छन्।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ६६ पुगेको छ । आज थप २ सय ७९ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९७।७ प्रतिशत हो । यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २५ बिहिबार
Comments