काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय २ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी १ सय ५५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १५ र ललितपुरमा ३२ संक्रमित थपिएका छन् ।
योसँगै काठमाडौंमा उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ५०२ पुगेको छ । जसमा काठमाडौँ जिल्लामा ५ सय ४ , भक्तपुर जिल्लामा ४ सय ९७ र ललितपुर जिल्लामा ५ सय १ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ७४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७।७ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ४०७ पिसिआर र १ हजार ४०७ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५१९ पुगेका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६० पुगेको छ ।
प्रकाशित मितिः २०७८ कार्तिक २४ बुधबार
Comments