काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सूचारु भएको छ । त्रिभूवन राजपथ अन्तर्गत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्ध भएको थियो ।
अहिले पहिरोले ल्याएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए ।प्रहरी निरीक्षक थापाले अव सडक अवरुद्ध नहुने गरी पहिरो पन्छाउने काम गरेको पनि बताए ।
सुरुङमार्ग निर्माण गर्ने क्रममा सडक फराकिलो बनाउने काम गर्नु परेकाले सो क्षेत्रको सडकमाथिबाट पहिरो झर्ने समस्या देखिएको हो ।
प्रकाशित मितिः २०७८ भदौ १४ सोमबार
Comments