काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ७८ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ३१२ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ५२ र ललितपुरमा ११४ संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ९७४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २६० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.९ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ३४३ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ७ हजार २५९ पिसिआर र ३ हजार ३८ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ७९६ पुगेका छन् । पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ ।
प्रकाशित मितिः २०७८ भाद्र १३ आइतबार
Comments