वीरगञ्ज । स्रोत नखुलेको १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ र १ हजार ६ सय भारुसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले भारत बिहार पश्चिम चम्पारण ईनर्वा बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोविनी गाउँपालिका–२ गुलरिया बस्ने ५० वर्षीय रामपुकार पटेललाई पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय जानकीटोलबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा पर्साको जगरनाथपुर गाउँपालिका–२ बाट दुबै जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाकारी दिए।
पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखि कारबाही प्रक्रिया अघि बढाइएको खनालले बताए।
प्रकाशित मितिः २०७८ भदौ १३ आइतबार
Comments