काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय १५ जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ४४५ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ९२ र ललितपुरमा १६९ संक्रमित थपिएका छन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९ हजार ७८४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.४ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले ३३७ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा ८ हजार ७५२ पिसिआर र ४ हजार ३६५ नमुना एन्टीजेन परिक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ५९९ पुगेका छन् । पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार
Comments