काठमाडौं । सरकारले फलफुल जुसको गुणस्तर मापदण्ड निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य ऐन २०२३ ले दिएको अधिकार प्रयोग गरी फलफूल जुसको गुणस्तर मापदण्ड निर्धारण गरेको हो । मन्त्रालयले ऐनको दफा ७ ले दिएको अधिकार प्रयोग गरी २३ माघ २०५७ मा नेपाल राजपत्रमा प्रकाशित आदेशमा हेरफेर गरी फलफूलको रस, पेय र नेक्टरको गुणस्तर निर्धारण गरेको छ ।
सुन्तला, भुइँकटहर लगायत रसदार गुलिया फलफुल, आँप, अङगुर जस्ता गुँदीदार फलफूल, लेमन र लाईम जुसको गुणस्तर मापदण्ड निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार सुन्तला, भुइँकटहर लगायत रसदार गुलिया फलफूलको जुसमा रिप्रयाक्टोमिटरबाट जाँच गर्दा कुल घुलनशील ठोस पदार्थ न्यूनतम १० र अम्लता साइट्रिक एसिडको आधारमा अधिकतम ३.५ प्रतिशत हुनु पर्ने मापदण्ड निर्धारण गरेको छ ।
यसैगरी आँप, अङ्गुर जस्ता गुँदीदार फलफूलमा रिप्रयाक्टोमिटरबाट जाँच गर्दा कुल घुलनशील ठोस पदार्थ न्यूनतम १५ र अम्लता साइट्रिक एसिडको आधारमा अधिकतम ३.५ प्रतिशत मापदण्ड निर्धारण गरेको छ । यसैगरी लेमनको ठोस पदार्थ न्यूनतम ७.५ र अम्लता साइट्रिक एसिडको आधारमा न्यूनतम ४.० प्रतिशत र लाईम ठोस पदार्थ न्यूनतम ७.५ र अम्लता साइट्रिक एसिडको आधारमा न्यूनतम ५.० प्रतिशत गुणस्तर मापदण्ड निर्धारण गरेको छ । यसैगरी रिजिड कन्टेनरको हकमा फलपूmलको रसको न्युनतम भाग बट्टमा आउने पानीको आयतनको ९० प्रतिशत भन्दा घटेको हुनु हुँदैन ।
फलपूmलको मिश्रित रस भए फलफुलकोे रसको नाम ५० प्रतिशत तौलको आधारमा भन्दा बढी फलपूmलको रस भएको फलको नाम मिश्रित स्याउको रसबाट लेख्नु पर्नेछ । अत्यावश्यक संरचना र चारित्रिक गुणहरु फलपूmलको पेय पदार्थमा सम्बन्धित फलफुलको गुण कायम रहेको हुनु पर्नेछ । कन्टामिनेन्ट्स टक्सिन्स तथा अवशेष फलफूलबाट बनेको पेय पदार्थमा कन्टामिनेन्ट्स टक्सिन्स तथा जीव नाशक विषादी लगायतका अवशेषको अधिकतम मात्रा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
प्रशोधन तथा सुक्ष्म जैविक मापदण्डमा एक पटक उत्पादन भई सकेको फलपूmलको पेयलाई पुनः प्रशोधन गरी पेय उत्पादन गर्न पाइने छैन । कुल जीवाणु गणना १०,००० सि.एफ.यू. प्रति मि.लि भन्दा बढी हुनु हुँदैन । यिष्टर मोल्डको गणना १,००० सि.एफ.यू प्रति मि.लि भन्दा बढी हुनु हुँदैन । इन्टोरोब्याक्टेरियासी प्रति मि.लि मा अनुपस्थित हुनु पर्नेछ । यसैगरी साल्मोनेला, लिस्टेरीमा मोनोसाइटोजिस ई कोलाई सिगाटक्सिन उत्पादन गर्ने ई कोलाई भिब्रियो कोलेरा रस्टाफाइलोकोकस् औरियस प्रति २५ मि.लि मा अनुपस्थित हुनु पर्नेछ ।
प्रकाशित मितिः २०७८ भाद्र १ मंगलबार
Comments