काठमाडौं । सरकारले बालबालिकालाई लगाउनका लागि कोरोना भाइरस विरुद्धको मोर्डनाको खोप ल्याउने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमण सिंहले आगामी डिसेम्बरसम्म ४० लाख डोज मोर्डनाको खोप आइपुग्ने जानकारी दिए ।
‘कोभ्याक्ससँग यसअघि भएको सम्झौताअनुसार ढिलोमा सन् २०२२ को मार्च या चाँडोमा डिसेम्बरभित्र आउँछ,’ उनले भने, ‘सम्भव भएसम्म डिसेम्बरसम्ममा दिन्छु भनिएको छ ।’
उक्त खोप १२ देखि १७ वर्ष उमेरसमूहका बालबालिकालाई लगाउन मिल्ने बताइएको छ । नेपाल सरकारले खोप सम्बन्धित विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता भएको गरेको हो । सरकारले विश्व बैंकको आर्थिक सहयोगमा उक्त खोप खरिद गर्ने भएको हो ।
विश्व बैंकले उपलब्ध गराउने १०४ मिलियन डलर मध्ये ६७.५ मिलियन खोेप खरिद र विस्तारमा खर्च हुनेछ ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments