काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ९३७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा ७२३ जना, भक्तपुरमा ७३ जना र ललितपुरमा १४१ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा १३ हजार १५९ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ७८ हजार ६६२ रहेको छ भने १ हजार ६७६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ९३ हजार ५०७ पुगेको छ ।
त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ३ हजार ७६७ रहेको छ ।
भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या १६ हजार ५९४ रहेको छ भने ३३४ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २० हजार ६९५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ५ हजार ११८ रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या २९ हजार ६६ रहेको छ भने ४७५ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ३४ हजार ६५९पुगेको छ ।
प्रकाशित मितिः २०७८ जेठ २२ शनिबार
Comments