काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनाको पीसीआर परीक्षणबाट ४ हजार ६२४ जना र ६ हजार ६३१ जनाको एन्टिजेन परीक्षणबाट २ हजार २९ जना गरी कूल ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ७३१ जना पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७५५ जना र सक्रिय संक्रमित ९७ हजार ६९९ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ४ लाख ७६ हजार १३० पुगेको छ ।
प्रकाशित मितिः २०७८ जेठ २१ शुक्रबार
Comments