काठमाडौं । सार्क राष्ट्रमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण कम हुँदै गइरहेको छ ।
विभिन्न मुलुकमा कोरोना ओरालो लाग्दो क्रममा रहेको हो । सम्बन्धित देशका स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई आधार मान्दा सङ्क्रमण नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहेको देखिन्छ ।
भारतमा यसअघि दैनिक चार लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । अहिले त्यो सङ्ख्या एक लाख ३० हजार हाराहारीमा झरेको छ ।
त्यस्तै, बङ्गलादेशमा पछिल्लो तथ्याङ्कअनुसार एकै दिन १२ हजार सात सय २४ जनामा सङ्क्रमण देखियो । अफगानिस्तानमा एक हजार ४५ जनामा सङ्क्रमण देखिएको छ ।
श्रीलङ्कामा २४ घण्टामा ३७ जनामा मात्रै सङ्क्रमण यकिन भयो । माल्दिभ्समा सात सय चार, पाकिस्तानमा दुई हजार २८ जनामा सङ्क्रमण यकिन भएको छ । भुटानमा सबैभन्दा कम सात जनामा कोरोना पुष्टि भयो ।
नेपालमा भने एकै दिन २४ घण्टामा छ हजार आठ सय २५ जनामा सङ्क्रमण देखिँदा ७५ जनाको मृत्यु भयो । भारत र बङ्गलादेशपछि नेपालमा दैनिक धेरै सङ्क्रमित भेटिने गरेका छन् ।
प्रकाशित मितिः २०७८ जेठ २१ शुक्रबार
Comments