काठमाडौं । काठमाडौं उपत्यकामा आज थप २ हजार ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
आज काठमाडौंमा १ हजार ६३० जना, भक्तपुरमा १२९ जना र ललितपुरमा २९८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै सक्रिय संक्रमितको संख्यामा १४ हजार ३८२ रहेको छ । काठमाडौंमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ७५ हजार ८५२ रहेको छ भने १ हजार ६५३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ८८७ पुगेको छ ।
त्यस्तै, भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४ हजार १७४ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या १५ हजार ९३१ रहेको छ भने ३२९ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या २० हजार ४३४ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी, ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ६ हजार ४० रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या २७ हजार ७२४ रहेको छ भने ४५५ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या ३४ हजार २१९ पुगेको छ ।
Comments