काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ जनाको पीसीआर परीक्षणबाट ४ हजार ५२४ जना र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षणबाट ७९२ जना गरी कूल ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ५५५ जना पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ८३७ जना र सक्रिय संक्रमित १ लाख १ हजार ९९३ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ४ लाख ६१ हजार ५६३ पुगेको छ ।
प्रकाशित मितिः २०७८ जेठ १९ बुधबार
Comments