काठमाडौं ।१२ देखि १५ वर्ष उमेरका बालबालिकालाई फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति दिइएको छ ।
युरोपियन (इयु) मेडिसिन एजेन्सी (इएमए) ले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई फाइजर–बायोएनटेकको खोप प्रयोग गर्न अनुमति दिइएपछि केही देशमा यस उमेर समूहका लागि प्रयोग अनुमति प्राप्त गर्ने पहिलो खोप बनेको छ । जर्मन अधिकारीले खोप प्रयोग गर्न अनुमति दिएपछि सदस्य राष्ट्रले बालबालिकालाई खोप दिने विषयमा निर्णय गर्नुपर्ने हुन्छ ।
अमेरिका र क्यानडाले यस महिनाको सुरूमा नै किशोर–किशोरीलाई फाइजर खोप प्रयोग गर्न अनुमति दिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का युरोपका निर्देशक हंस क्लुगका अनुसार कम्तिमा ७० प्रतिशत जनसङ्ख्याले खोप नपाएसम्मको महामारी समाप्त हुँदैन ।
इएमईका खोप प्रमुख मार्को काभलेरीले १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई कम्तिमा तीन हप्ताको अन्तरालमा खोपको दुई डोज दिनुपर्ने हुन्छ । उनका अनुसार परीक्षणले फाइजर खोप बच्चामा कोभिडविरुद्ध अत्यधिक प्रभावकारी देखाएको थियो । खोप लगाएपछि देखिने साइड इफेक्टहरू युवा वयस्कमा देखिएकोजस्तै मिल्दोजुल्दो छ ।
इयुले १६ वर्ष वा माथि उमेरकालाई फाइजर खोप स्वीकृत गरिसकेको छ । जर्मन सङ्घीय र राज्य नेताहरूले १२ वर्षभन्दा माथि उमेरका बच्चाले सात जुनदेखि कोभिडविरुद्धको खोप ज्याब प्राप्त गर्न सुरु गर्न सक्ने बताएका छन् ।
प्रकाशित मितिः २०७८ जेठ १६ आइतबार
Comments