काठमाडौं । काठमाडौँ महानगरपालिकाले अस्पतालमा अक्सिजनको चरम अभावको कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा ल्याएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
उनले भने , ‘महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजन सहित १७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छौँ,’ ।
शाक्यले भने, ‘नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजन सहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटर सहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल संचालनमा ल्याइसकेका छौँ ।’
प्रकाशित मितिः २०७८ जेठ १५ शनिबार
Comments