काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त भएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा पौडेललाई मन्त्रालयको प्रवक्तको जिम्मेवारी दिइएको हो । ‘अहिलेलाई महाशाखा र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएको छु’, डा पौडेलले भने ।
यसअघि मन्त्रालयको प्रवक्तामा डा। जागेश्वर गौतम थिए । उनी कोभिड युनिफाइड अस्पताल वीर अस्पताल मा सरुवा भएपछि मन्त्रालयको प्रवक्ता खाली थियो ।
प्रकाशित मितिः २०७८ जेठ १४ शुक्रबार
Comments