काठमार्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ३० जनाको पीसीआर परीक्षणबाट ६ हजार ६७७ जना र ३२२ जनाको एन्टिजेन परीक्षणबाट ३७ जना गरी कूल ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ८४५ जना पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ८५३ जना र सक्रिय संक्रमित १ लाख १७ हजार ७७ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ ।
प्रकाशित मितिः २०७८ जेठ १२ बुधबार
Comments