काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ जनाको पीसीआर परीक्षणबाट ८ हजार ३८७ जना र ६३० जनाको एन्टिजेन परीक्षणबाट २४९ जना गरी कूल ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० जना पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ९१४ जना र सक्रिय संक्रमित १ लाख १७ हजार २६१ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।
प्रकाशित मितिः २०७८ जेठ ११ मंगबार
Comments