काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५४३ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै ३ लाख ६६ हजार ९४६ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ५४३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मितिः २०७८ जेठ ६ बिहिबार
Comments