सुर्खेत । कर्णालीमा कोरोना क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन भत्ता ब्यस्वस्था गरिएको जानकारि दिइएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कर्णालीमा कोरोना क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन भत्ता रकमको व्यवस्था गरिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिएका हुन् ।
‘कोराना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको लागि प्रदेश सरकारका तर्फबाट ५० प्रतिशत थप जोखिम भत्ताको व्यवस्था गरिएको छ’ उनले भने, ‘कोरोना संक्रमणबाट मृत्यु भएमा एक लाख राहतको व्यवस्था गरिएको छ ।’
प्रकाशित मितिः २०७८ जेठ ६ बिहिबार
Comments