काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित भएका काठमाडौ प्रहरी परिसरमा कार्यरत डिएसपी राजकुमार केसीको निधन भएको छ।
४३ वर्षका केसीको महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो।
काठमाडौँको मूलपानी घर भएका केसीले इन्टिलिजेन्श प्रमुखका रुपमा काम गरेका थिए। त्यसअघि उनले परिसर प्रवक्ताका रुपमा पनि काम गरेका थिए ।
प्रकाशित मितिः २०७८ जेठ ६ बिहिबार
Comments