काभ्रेपलान्चोक । चौंरीदेउराली गाउँपालिका–६ मा आज मिनि टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रामेछापको सुनापति गाउँपालिका–१ का १९ वर्षीय विनोद शिवभक्ति रहेका छन् ।
कात्तिके देउरालीको स्वास्थ चौकी निर्माणका लागि ढुङ्गा लैजादै गरेको बा ५ ख १५२४ नम्बरको टिपर उकालो बाटोमा ब्याक भएर भिरबाट तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते हुनेमा सुनापति गाउँपालिकाकै ४५ वर्षीय रामबहादुर बम्जन रहेका छन् । दुर्घटनाको थप अनुसन्धान भैरहेको छ ।
प्रकाशित मितिः २०७८ जेठ ६ बिहिबार
Comments