बारा । श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनी छिमेकी टोल बस्ने ५६ वर्षीय हरि बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वैशाख ९ गते आफ्नै श्रीमती ४५ वर्षीया पार्वती कार्कीलाई घरको माथिल्लो तल्लामा ईँटाले टाउकोमा प्रहार गरी हत्या गरी फरार रहेका हरि बहादुरलाई आज इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मितिः २०७८ जेठ ५ बुधबार
Comments