काठमाडौं । विश्वमा अहिलेसम्म १४ करोड ५० लाख १६ हजार ४५७ जना कोरोना भाइरसबाट संक्रमण मुक्त भएका छन् ।
यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १६ करोड ४८ लाख ८० हजार ६१६ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ८ हजार ४६५ संक्रमित थपिएका छन् ।
सोही अवधिमा १३ हजार ८३३ को मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ लाख १८ हजार ५५ पुगेको छ।
विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ६४ लाख ४६ हजार १०४ छ । जसमध्ये १ लाख ८२५ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।
प्रकाशित मितिः २०७८ जेठ ५ बुधबार
Comments