काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार २८६ जनाको पीसीआर परीक्षणबाट ८ हजार १३६ जना र ६९३ जनाको एन्टिजेन परीक्षणबाट ६७ जना गरी कूल ८ हजार २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना भाइरस कोभिड–१९ का कारणबाट पछिल्लो २४ घण्टामा तथा नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत थप १९६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार ४११ जना पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ७५२ जना र सक्रिय संक्रमित १ लाख १४ हजार ५२९ जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ ।
प्रकाशित मितिः २०७८ जेठ मंगलबार
Comments