काठमाडौं । नेपालमा महामारीका रुपमा फैलिरहेको कोरोनाविरुद्ध लड्न नेपाली क्रिकेटर सन्दीप लामिछानेले ‘टिम सन्दिप लामिछाने’ अभियान सुरु गरेका छन् ।
सन्दीपले सोमबार अभियानको घोषणा गर्दै तीन लाख सहयोग गरेका छन् । सेञ्चुरी कर्मसियल विकास वैंक लिमिटेड पुतलीसडकमा खाता खोल्दै सन्दीपले अभियान सुरु गर्ने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । सन्दीपले ‘टिम सन्दिप लामिछाने’ अभियानबाट आर्थिक संकलन गर्नेछन् ।
उक्त अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जनाएको छ ।
सन्दीप लामिछानेको नाममा रहेको सेञ्चुरी कर्मसियल बैंक लिमिटेडको खाता नम्बर ०१७००००३५३ मा रकम सहयोग सहयोग गर्न सक्ने सन्दीपले जानकारी दिएका छन् ।
सहयोग गर्न चाहनेका लागि बैंकको जानकारी
प्रकाशित मितिः २०७८ जेठ मंगलबार
Comments