काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ३४८ जनाको मृत्यु भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ३४ लाख ३ हजार ७४४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
विश्वभर दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ८ लाख १० हजार ६४४ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा संक्रमणमुक्त हुने यो संख्या नयाँ संक्रमितभन्दा झण्डै तीन लाखले धेरै हो ।
पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १४ करोड ४१ लाख ६८ हजार ५०२ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७।७७ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५ लाख २७ हजार ६३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड ४२ लाख ५७ हजार ५१ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६६ लाख ८४ हजार ८०५ छ । यसमध्ये १ लाख १ हजार ७९८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मितिः २०७८ जेठ मंगलबार
Comments