काठमाडौं । विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामध्ये आज मङ्गलबार बिहानसम्ममा १३ करोड ८१ लाखभन्दा बढी निको भएका छन् ।
एक करोड ८० लाखभन्दा बढी सक्रिय सङ्क्रमितको उपचार जारी छ । विश्वमा हालसम्म १५ करोड ९५ लाख ७२ हजार ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच लाख ८९ हजार सात सय ३४ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य दिनको तुलनामा कम हो ।
सङ्क्रमितमध्ये १३ करोड ८१ लाख ८९ हजार ४६ जनाको उपचार सफल भएको हो । सफल उपचार भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ८० लाख ६६ हजार चार सय १३ जना सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार पाँच सय २५ जनाको अवस्था चिन्ताजनक छ ।
एकै दिन विश्वमा नौ हजार आठ सय १७ जना सङ्क्रमितको मृत्यु भयो । विश्वमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । हालसम्म विश्वमा ३३ लाख १६ हजार पाँच सय ३४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २८ मंगलबार
Comments