भक्तपुर । कोरोना महामारीको उग्र रुप लिइरहेको बेला भक्तपुुको सूर्यबिनायक नगरपालिकाले ५० शैयाको अस्पताल निमार्णको कामलाइ तिव्रता दिएको छ ।
गतब बर्ष मंसिरको दास्रो साता शिलान्यास गरिएको १५ शैयाको अस्तापलाई कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितको संख्या ह्रवातै बढेपछि अस्पताललाई ५० शैयाको भौतिक संरचना निमार्णमा लागेको हो ।
भक्तपुर सुर्यबिनायक नगरापालिका ८ जगाती स्थित इट्टा टायल कारखाना रहेको स्थानको २५ रोपनी क्षेत्रफलमा ५० शैयाको अस्पताल जेठ १० गतेबाट सञ्चालनमा ल्याउन लागिएको सूर्यबिनायक नगरपालिका सामाजिक बिकास समितिका संयोजक एवं वडा नं ८ का वडा अध्यक्ष किरण थापाले जानकारी दिए ।
उनले भने, कोरोना संक्रमितलाई आइसियु अभाव, अक्सिजन अभावलाई मध्यनजर गरि तत्कालै भ्यान्टिलेर सहित २० शैया आइसियुसहित सञ्चालनमा ल्याउन लागिएको हो ।
हाल भने अस्पतलाको भौतिक संरचना निमार्णको कार्य अन्तिम चरणमा पुगेको बताउँदै केहि दिनमै अस्पतालका आवश्यक सामाग्री सहित पूर्णता दिई सेवा सञ्चालन गरिने छ ।
अस्पताल निमार्णका लागि नगरपालिकाले पाँच करोड बजेट बिनियोजन गरेको छ भने जस मध्ये साढे दुइ करोड भौतिक संरचान निमार्णका लागि खर्च गरिने र बाँकि रहेको साढे दुइ करोड रुपैयाँ भने मेडिकल सामाग्रीका लागि खर्च गरिने थापाले बताए ।
अस्पताल निमार्ण पश्चात कोरोनाको कहरलाई मध्य नजर गर्दै तत्काल कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने र भबिश्यमा सबै प्रकारका सेवालाई निरन्ता दिईने उनले जानकारी दिए ।
अस्पताल सञ्चालन पश्चात सूर्यबिनाउक नगरका स्थानियहरुले मात्र नभई पूर्वका बिभिन्न जिल्लाका मानिसहरुले समेत यस अस्पतालबाट सेवा लिने उनले बताए ।
सूर्यबिनायक नगरपालिकाले कोरोनाको कहरलाई मध्यनजर गरि हप्ताको दुइ पटका पिसिआर परिक्षण गर्दै आएको छ भने संक्रमितहरुलाई आवश्यकता अनुसार अस्पतालको ब्यवस्थापन समेत गर्ने गरेको थापाले बताए ।
अस्पताल निमार्णमा संसदिय बिका कोषको रकम समेत खर्च गरिएको थापाले जानकारी दिए ।
प्रकाशित मितिः २०७८ बैशाख २७ सोमबार
Comments