काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना भाइरस कोभिड–१९ का कारणबाट पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । तर विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका २६ जना यसअघि सरकारी तथ्यांकमा समावेश नभएका मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ७२० जना पुगेको छ । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४१९ जना र सक्रिय संक्रमित ८८ हजार १६० जना रहेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ३ लाख २ हजार ७८७ पुगेको छ ।
प्रकाशित मितिः २०७८ बैशाख २६ आइतबार
Comments